आइसोलेसनको खर्चमा गडबडी : निःशुल्क खाना खुवाएको प्रचार गर्ने संस्थालाई पनि भुक्तानी !

लोकान्तर

जनकपुरधाम 

अजय अनुरागी

प्रादेशिक अस्पताल जनकपुरमा कोरोना संक्रमित बिरामीको उपचारमा प्रति बिरामी ५२ हजार रुपैयाँभन्दा बढी रकम खर्च भएको छ । 

अहिले धेरैजसो कोरोना संक्रमितहरू आफ्नै घरमा निजी चिकित्सकको परामर्शमा होम आइसोलेसनमा बसिरहेको अवस्थामा प्रादेशिक अस्पतालमा भने प्रतिबिरामी ५२ हजार रुपैयाँभन्दा बढी खर्च हुने गरेको छ । 

प्रदेश २ को प्रादेशिक अस्पताल जनकपुरले सञ्चालन गरेको लेभल २ रेफरल कोभिड आइसोलेसन अस्पतालमा गत आर्थिक वर्षमा १ करोड ३८ लाख रुपैयाँ खर्च भएको छ ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. जामुनप्रसाद सिंहले लोकान्तरलाई  गराएको जानकारीअनुसार अनुसार गत चैत्र १५ गतेदेखि शुरू भएको उक्त आइसोलेसनमा कोभिड शीर्षकअन्तर्गत उक्त रकम खर्च भएको छ । 

प्रकाशित मिति: : 2020-09-11 19:46:44

प्रतिकृया दिनुहोस्