नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय २२ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा २४ घन्टामा देशभर थप ५ को मृत्यु भएपछि मृतकाे संख्या ३ सय २२ पुगेकाे हो।
प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लाे २४ घण्टामा १ महिला र ४ जना पुरुषकाे मृत्यु भएकाे छ।
उनका अनुसार मोरङकी ४० वर्षीया महिलासहित महोत्तरीका ६५ वर्षीय, धनुषाका ४५ वर्षीय, काठमाडौँका ७० वर्षीय र नवलपरासीका ५५ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो।