२४ घण्टायता थप ६ जना संक्रमितको मृत्यु, ३१२ पुगे मृतक, भेन्टिलेटरमा २२ जना उपचाररत

पछिल्लो २४ घण्टामा देशभर थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये ३ जना महिला र ३ जना पुरूष छन्। 

मृतहरूमा काठमाडौंकी ८३ वर्षिया महिला र ६७ वर्षिय पुरूष, कास्कीकी ७३ वर्षिया महिला, अर्घाखाँचीका ४२ वर्षिय पुरूष, बाँकेकी ८० वर्षिया महिला र नवलपरासीका ६४ वर्षिय पुरूष छन्।

योसँगै देशभर मृत्यु हुने कोरोना संक्रमितमध्ये ३१२ पुगेको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको छ। 

मन्त्रालयका अनुसार आईसियुमा १६२ जना र भेन्टिलेटरमा २२ जना उपचाररत छन्। 

पछिल्लो २४ घन्टामा नेपालमा थप १०८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। मन्त्रालयका अनुसार सक्रिय संक्रमित संख्या १५ हजार २५ र जम्मा संक्रमित संख्या ४९ हजार २ सय १९ छ।

पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ९ सय १८ जना घर फर्किएका छन् । मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालबाट ९ सय १८ जना डिस्चार्ज भएसँगै हालसम्म कोरोनामुक्त हुनेको संख्या ३३ हजार ८ सय ८२ पुगेको छ ।

प्रकाशित मिति: : 2020-09-09 16:46:16

प्रतिकृया दिनुहोस्