भारतमा कोरोना भाइरसबाट लगातार दोस्रो दिन ११ सयभन्दा धेरैको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरसको कारण एक हजार ११५ जनाको मृत्यु भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।
यसअघि मंगलबार एक हजार १३३ जनाको मृत्यु भएको थियो । यससँगै अहिलेसम्म कोरोनाकाे कारण मृत्यु हुनेको संख्या ७३ हजार ८९० पुगेको छ।
पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका ८९ हजार ७०६ नयाँ संक्रमित फेला परेका छन् । यससँगै कोरोनाको कारण संक्रमित हुनेको संख्या ४३ लाख ७० हजार १२९ पुगेको छ ।
अहिलेसम्म कोरोना भाइरसका ३३ लाख ९८ हजार ८४५ संक्रमित निको भएर घर फर्किसकेका छन् भने आठ लाख ९७ हजार ३९४ संक्रमित आइसोलेसनमा छन् ।