वीरगञ्जमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
वीरगञ्जको नारायणी प्रगोगशालामा थप २९० जनामा गरिएको परीक्षणमा ९ महिला र २८ पुरूष सहित ३७ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ।
मंगलबार राति सार्वजनिक गरिएको रिपोर्टका अनुसार संक्रमित हुनेमा ४ वर्षको बच्चादेखि ६७ वर्षका वृद्धसम्म छन्। संक्रमित हुनेहरुमा पर्साका ६ , रौतहटका २२ जना र बाराका ९ जना रहेको नारायणी अस्पतालका प्रवक्ता डा अतुलेश चौरसिया बताए।
जसमा वीरगञ्ज महानगरपालिकाको वडा नं. ११ का २, वडा नं. २८ र ३२ का का १ र १ जना छन्। यस्तै, पटेर्वा सुगौली गाउँपालिकाको वडा नं. ८ का १, चैनपुर ८ का एक जना छन्।
बाराको अरमौर टोकनी २ का एक, कलैया उपमहानगर वडा नं. १९ र ९ का १ र १, जीतपुर सिमरा वडा नं. २ का एक जना संक्रमित छन्।
यस्तै, बारागढी गाउँपालिका २ का १, इलाका प्रहरी कार्यालय बारागढीमा कार्यरत १ र कोल्भीका ३ जनामा कोरोना पोजेटिभ देखिएको प्रवक्ता डा चौरसियाले जानकारी दिए।
यता रौतहटको दुर्गा भगवति गाउँपालिका वडा नं. ५ का २२ जना रहेका छन्।