चिकित्सकको लापरवाहीको कारण बारा कोल्हबीका २२ वर्षीय युवककाे ज्यान गएपछि छानविन समिति गठन गरिएकाे छ।
चिकित्सककाे लापरवाहीले बिक्रम चौधरीको मृत्यु भएपछि परिवारका सदस्यहरुले जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेका थिए। प्रशासनकै परिपत्रमा नारायणी अस्पतालले घटनाको छानविन गर्न ३ सदस्यीय समिति गठन गरेको हाे।
छानविन समितीले बुझाउने प्रतिवेदन अनुसार दोषी ठहरिएमा नियमानुसार कारवाही तथा क्षतिपुर्तीका लागि सम्बन्धित निकायमा सिफारिश गरिने अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा सन्जय कुमार ठाकुरले जानकारी दिए ।
यता जिल्ला प्रशासन कार्यालय पर्साले पीडित परिवारको उजुरीको आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई घटनाको छानविन गर्न सिफारिस गरेकाे छ।
स्वास प्रश्वासमा अबरोध भएका युवकको कोरोना संक्रमणको लक्षण देखिएको भन्दै चिकित्सकहरुले उपचार गर्न नमान्दा युवकको ज्यान गएको थियाे। मृत्युपछि उनको पिसीआर रिपोर्ट कोरोना नेगेटिभ आएपछि परिवारले चिकित्सकलाई कारवाही गर्न माग गरेका छन्।