प्रदेश १ को सामाजिक विकास मन्त्रीका एक स्वकीय सचिवमा कोरोना संक्रमण

 प्रदेश १ काे सामाजिक विकास मन्त्रीका स्वकीय सचिवमा कोरोना संक्रमण पुष्टि भएको छ।

मन्त्रालयमा मन्त्री जीवन घिमिरेलाई गत १५ गते संक्रमण पुष्टि भएपछि उनी होम क्वारेन्टाइनमा बसेकाे प्रमुख स्वकीय सचिव तिलक बस्नेत बताए।

आइतबार उनको स्वाब संकलन गरिएको थियो। प्रदेश प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा रिपोर्ट आज आएको हो। 

‘उहाँको स्वास्थ्य अवस्था सामान्य छ,’ बस्नेतले भने, ‘मन्त्रालयमा संक्रमण देखिएपछि आफूमा कोरोना संक्रमणको शंका लागेर परीक्षण गराउँदा पोजेटिभ देखिएको हो।’

मन्त्री घिमिरे होम आइसोलेसनमै उपचाररत छन्। हालसम्म मन्त्रालयमा ५ जनालाई कोरोना संक्रमण पुष्टि भएको बस्नेतले बताए।

प्रकाशित मिति: : 2020-09-07 13:35:11

प्रतिकृया दिनुहोस्