विश्वमा धेरै कोरोना संक्रमित हुने मुलुकमा भारत दोस्रो, पछिल्लो २४ घण्टामा ९१ हजार बढीमा संक्रमित

 छिमेकी मुलुक भारत धेरै कोरोना संक्रमित हुने मुलुकको सूचीमा ब्रजिललाई उछिन्दै दोस्रो स्थानमा आइपुगेको छ ।

पछिल्लो २४ घण्टामा ९१ हजार ७२३ कोरोनाका नयाँ संक्रमित थपिएसँगै भारत दोस्रो स्थानमा आइपुगेको हो । भारतमा एकैदिन थपिएको संक्रमितको यो संख्या हालसम्मकै उच्च हो।

अमेरिका, ब्राजिल, दक्षिण अफ्रिकालगायत मुलुकहरूमा भने संक्रमणदर घट्दै गएको छ । भारतमा भने संक्रमण झन् बढ्दै गएको छ।

कूल संक्रमितको संख्यामा अब भारतभन्दा अगाडि अमेरिका मात्र छ। भारतमा कूल संक्रमितको संख्या ४२ लाख माथि पुगेको छ।

कोरानाका कारण ७१ हजार बढीले ज्यान गुमाइसकेका छन्। भारतमा सक्रिय संक्रमितको संख्या आठ लाख ८३ हजार रहेको छ ।

हालसम्म ३२ लाख ४७ हजार उपचारपछि निको भएको तथ्यांक छ। अमेरिकामा कूल संक्रमितको संख्या ६४ लाख ६० हजार पुगेको छ।

अमेरिकामा हालसम्म कोरोनाका कारण १ लाख ९३ हजार बढीले ज्यान गुमाइसकेका छन् ।

तेस्रो स्थानमा रहेको ब्राजिलमा कूल संक्रमितको संख्या ४१ लाख ३७ हजार पुग्दा ज्यान गुमाउनेको संख्या एक लाख २६ हजार नाघेको छ ।

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड ७२ लाख ९६ हजार पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या ७० लाख २८ हजार छ।

प्रकाशित मिति: : 2020-09-07 12:21:07

प्रतिकृया दिनुहोस्