पक्राउ परेका १८ जना जुवाडेलाई कोरोना भाईरस संक्रमण

स्याङ्जाको पुतलीबजारका दुई वटा जुवाखालबाट पक्राउ परेका १८ जना जुवाडेलाई कोरोना भाईरस संक्रमण देखिएको छ।

प्रहरीले १० दिनअघि उनीहरुलाई पक्राउ गरेर मुद्दा चलाएको थियो ।  जुवा सम्बन्धी कसुरमा धरौटीमा छुटेकालाई क्वारेन्टाइनमा राखेर पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको स्याङ्जाका प्रहरी उपरीक्षक (एसपी) होविन्द्र बोगटीले  जानकारी दिए।

बोगटीका अनुसार करेन्टडाँडास्थित क्वारेन्टाइनमा बसेका १८ जुवाडेसहित स्याङ्जामा आईतबार २२ जनालाई कोरोना संक्रमण देखिएको छ।  समूहमा जम्मा भएर तास खेल्दा पैसा र तास साटासाट गर्नुपर्ने र मास्कको प्रयोग समेत नगर्दा जुवा खेल्नेहरुलाई कोरोनाको जोखिम बढी हुन्छ । तास खेल्दा हातको पसिनाबाट भाईरस संक्रमणको जोखिम हुन्छ। 

यसअघि जिल्ला प्रहरी कार्यालय स्याङ्जाका तत्कालिन एसपी बिमलराज कँडेलसहित ४१ जना प्रहरीलाई संक्रमण भएको थियो। कोरोना संक्रमणको जोखिमका कारण कानुन कार्यान्वयन गर्न  प्रहरीलाई थप चुनौती थपिएको छ।

#corona_virus

प्रकाशित मिति: : 2020-09-06 23:30:51

प्रतिकृया दिनुहोस्