नेपालगञ्ज उपमहानगरपालिकामा कार्यरत एक कोरोना संक्रमितकाे मृत्यु

बाँकेमा कोरोना संक्रमणका कारण थप एक पुरुषको मृत्यु भएको छ। 

आइतबार साँझ ८:१५ बजेतिर नेपाल नेपालगञ्ज उपमहानगरपालिका ९ का ५९ वर्षीय पुरुषको मृत्यु भएको हो।  

यससँगै बाँकेमा कोरोनाका कारण मुत्यु हुनेको संख्या सात पुगेको छ।  

उनी बाँकेमा कोरोनाका कारण मृत्यु हुने सातौं व्यक्ति तथा चौथो पुरुष हुन्। कोरोनाका कारण मृत्यु हुने पहिलो कर्मचारी हुन् उनी। ती पुरुष नेपालगञ्ज उपमहानगरपालिकाको जिन्सी शाखामा कार्यरत थिए।   

 स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार उनलाई भाद्र १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो। 

संक्रमण पुष्टि भएको तीनदिन पछि भाद्र १८ गते अस्पताल भर्ना भएका थिए।  तीन दिन पछि नै  नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो।

प्रकाशित मिति: : 2020-09-06 22:27:54

प्रतिकृया दिनुहोस्