बिहीबार मच्छिन्द्रनाथको जात्रामा ट्राफिक प्रहरीमाथि आक्रमण गरेको अभियोगमा पक्राउ परेका दुई जनामा कोरोना पोजिटिभ देखिएको छ।
महानगरीय प्रहरी परिसर स्रोतको अनुसार उनीहरुको आइतबार रिपोर्ट आएको हो। त्यसदिन प्रहरीले १९ जनालाई पक्राउ गरेको थियो।
पक्राउ परेका सबैलाई छुट्टै राखेर पीसीआर विधीबाट परीक्षणका लागि पठाइएको थियो। उनीहरुको रिपोर्ट पोजिटिभ आएपछि प्रहरी परीसर तनावमा परेको छ।
उनीहरुलाई छुट्टै राखे पनि अन्यलाई पनि परीक्षण तथा आइसोलेसनमा राख्न समस्या भएको जनाएको छ। सरकारी वकीलको सहायता लिएर विधि प्रक्रिया अनुसार अगाडि जाने बताएको छ। उनीहरूलाई अस्पताल लैजाने वा आफन्तको जिम्मेवारी लगाएर आइसोलेसनमा राख्ने तय भएको छैन।
उक्त दिन पक्राउ परेका दत्त बहादुर देउला, सुक देउला र प्रबिण शाक्य आजै रिहा भएको प्रहरीले जनाएको छ।