आज थपिए ९८० संक्रमित, कुन जिल्लामा कति?

सांकेतिक तस्वीर

आइतबार देशभर थप ९८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार  २९० महिला र ६९० पुरुषमा संक्रमण पुष्टि भएकाे हाे। यससँगै देशभर संक्रमित हुनेको संख्या ४६ हजार २ सय ५७ पुगेको छ।

आज काठमाडौंमा २९०, ललितपुरका ३२, भक्तपुरका ३२, उदयपुरका १, ओखलढुङगाका १, झापाका २८, ताप्लेजुङका १, भोजपुरका १, मोरङका २९, संखुवासभाका ६, सुनसरीका ८६, धनुषाका १०, पर्साका २५, बाराका ८३ र महोत्तरीका ३ जनामा संक्रमण पुष्टि भएकाे छ।

यता, रौतहटका ८, सप्तरीका ११, सर्लाहीका ५, सिराहाका ६, काभ्रेका १, चितवनका ३०, दोलखाका ७, धादिङका १०, सिन्धुपाल्चोकका १, सिन्धुलीका २, बागलुङका ३, कास्कीका २१, गोर्खाका ५, तनहुँका ७, नवलपरासी पुर्वका १२ र लमजुङका २ जनामा संक्रमण पुष्टि भएकाे छ।

स्याङजाका २२, अर्घाखाँचीका ११, कपिलवस्तुका ४, दाङका ३, नवलपरासीका २, पाल्पाका १९, प्युठानका ४, वर्दियाका ६, बाँकेका ६, रुपन्देहीका ३५, कालिकोटका १, जाजरकोटका २, जुम्लाका ५, दैलेखका २, सुर्खेतका ४४, अछामका ११, कञ्चनपुरका ३, कैलालीका २१, डढेलधुराका २ तथा बझाङका १० जना संक्रमित थपिएका छन्। 

देशभर १७ हजार २७ जना सक्रिय संक्रमित रहेका छन्।

गत २४ घण्टामा १० हजार ३८२ जनाको पीसीआर परीक्षण गरिएको छ भने ४ हजार ७०३ जना क्वारेन्टाइनमा रहेका छन्। 

गत २४ घन्टामा १ हजार ८ सय १४ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। यससँगै डिस्चार्ज हुनेहरुको संख्या २८ हजार ९४१ पुगेको छ।

देशभर १७४ जना आइसीयुमा छन् भने २७ जना भेन्टिलेटरमा छन्। सोलुखुम्बु, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला गरी ५ जिल्ला संक्रमणमुक्त रहेका छन्।

थप ९ संक्रमितकाे मृत्यु 

विगत २४ घन्टामा २ महिला सहित ९ जनाको कोभिड-१९ का कारण ज्यान गएको छ।

मृतकहरूमा मोरङका ४५ वर्षीय एक जना पुरुष र ६४ वर्षीया एकजना महिला छन्। त्यस्तै झापाकी ४५ वर्षीया एक जना महिला अनि धनुषाका ३५ वर्षीय एक पुरुष छन्। पर्साका ७७ वर्षीय पुरुष तथा चितवनका ७० वर्षीय पुरुषको पनि ज्यान गएको छ।

काठमाडौंका ७४ वर्षीय, ६८ वर्षीय र ८५ वर्षीय गरि तीन पुरुषको पनि निधन भएको छ।

प्रकाशित मिति: : 2020-09-06 17:20:21

प्रतिकृया दिनुहोस्