अभियुक्तहरु खुलेआम घुमफिर गरी धाकधम्कि दिईरहेका छन् !
गत कार्तिक १३ गते साँझ छठ पुजामा हत्या भएका १५ बर्षीय दिउष श्रेष्ठको आमा सुभद्राको आँखाबाट आँशु अझै रोकिएको छैन्।
आफ्नो एक्लो छोरो दिउसले अनाहकमा ज्यान गुमाएको भन्दै टोलाएर बस्छिन्, रुन्छिन्। एकछिन समालिएको मन पुनः त्यहि घाउँ मै फर्किन्छ र पीडा बल्झिन्छ अनि फेरि रुन थाल्छिन्।
तस्बिर हेर्छिन टोलाछिन्।
सुभद्रालाई थाहा छ आफ्नो छोरो अब कहिले घर फर्किने छैन्, आँगनीमा खेल्दै गरेको देख्न पाईदैन्।
मनभरी पीडा बोकेर बस्न बाध्य छिन्, सुभद्रा।
भन्नेहरुले अनेक टिप्पणी गर्लान।
त्यो त आफ्नो घरमा पर्नेलाई मात्र थाहा हुन्छ, आँशु र पीडा के हो भनेर।
छातिभरी छोरालाई छुरा हानेको डोप देखेकी सुभद्रा ति पल बिर्षन खोज्दा पनि आँखामा जर्वरजस्त आईदिँदा झस्किछिन्, आत्तिछिन् र कराउन पुग्छिन्।
कल्पना समेत नगरेको घटना सुभद्रा र धनबहादुरको घरमा घट्न पुग्यो।
दमक—१० नलबारीका दिउसको उर्लाबारी—७ स्थित मावा खोलामा छठ पुजा हेर्न जाँदा हत्या भएको थियो।
उनीमाथि ५ जनाले पुजामा छुरा प्रहार गरेर गम्भिर घाईते बनाएका थिए।
दिउषको उपचारका क्रममा बिएण्ड सी हस्पिटलमा मृत्यु भएको थियो।
‘मन बुझाउने ठाउँ नै छैन, आमा सुभद्राले आँखाभरी आँशु पार्दै भनिन्, मेरो छोरा मार्ने सबैलाई छोडिदिएर एकजनालाई मात्र थुनामा राखिएको छ।’
छोरालाई मार्ने अपराधीहरु खुलेआम घुमफिर गरि ‘धाकधम्की’ दिनुले आफुहरु अन्यायमा परेको सुभद्राले गुनासो गरिन्।
मावा खोलामा दिउषलाई सरोज बस्नेत,सनिस याख्या,बिकास तामाङ,मंजिल माझी,सपन खत्री भएर छठ पुजा हेर्न जाँदा मावा खोलामा अन्धाधुन्ध छुरी हानेका थिए। त्यसपछि घाईते भएका दिउषलाई एकैपटक बुवाआमाले गोदाबरी हस्पिटलमा उपाचारका क्रममा भेटे। त्यहा उपचार हुन नसकेपछि दिउषलाई बिर्तामोडस्थित बिएण्ड सी हस्पिटल लगियो।
‘बिर्तामोड लाने क्रममा त्यसबेला मलाई छोराले छुरा हान्ने मानिसको नाम भनेको थियो,’सुभद्राले बिएल नेपाली सेवासँग कुराकानी गर्दै भनिन्,‘छोराले भनेको कुरा प्रहरी समक्ष जानकारी गराएको थिए। प्रहरीले मलाई तपाईको कुरा अनुसन्धान राख्छौ र अपराधीलाई कार्वाही गरी जसरी नि न्याय दिलाँउछौ भनेर प्रतिवद्धता ब्यक्त गर्नुभएको थियो। तर त्यसको ठिक उल्टो भयो हामी झनै अन्यायमा पर्यौ।’
‘म निवेदक छोराको मृत्युको समयमा शोकमा रहेकोले प्रहरीकोमा जान नसकेपनि परिवारको मानिसहरुले पटक पकट प्रहरीलाई भेटी अनुसन्धान प्रक्रियाको बारेमा बुझिरहेका थियौं, सुभद्रा भन्छिन्,‘तर प्रहरीले म र मेरो परिवारलाई जानकारी नै नदिई प्रतिवादीको गठमेलका मानिससँगको मिलेमतोमा अभियुक्तका आफन्त,प्रहरी कार्यालय उर्लाबारीका प्रमुख तथा मुद्धा शाखाका कर्मचारीहरु समेतको मिलेमतोमा म पीडित आमाको समेत कागज नगराई कमजोर अनुसन्धान गरीयो।
कमजोर अनुसन्धान प्रतिवेदन तथा कमजोर मिसिल तयार गरि जिल्ला अदालतमा बुझाइएको रहेछ।
अदालतले अभियुक्तलाई थुनामुक्त गरेको र गाउँ घुमेको देख्दा मात्र आफुहरुलाई जानकारी भएको उनले बताईन्।उनले अभियुक्तहरु थुनामुक्त हुँदा आलो घाउँमा नुनचुक छर्के जस्तै पीडा भएको बताईन्।
मृतककी आमा सुभद्राले प्रहरीले न्याय नदिएको बताईन। उनले भनिन्, ‘छोराले मृत्यु हुनु अगाडि च्यान्टेसहित ४ जनाले छुरी हानेको बताएको थियो, त्यही कुरा प्रहरीलाई जानकारी गराउँदा पनि कमजोर मिसिल बनाएर हत्याका अभियुक्तहरूलाई उन्मुक्ति दिन काम भएको छ।
च्यान्टे भनिने सन्देश खवासका बुवा सन्तोष खवासले पनि पैसाको चलखेलमा अन्यलाई उन्मुक्ति दिएर आफ्नो छोरालाई मात्रै थुनामा राखेको बताए।
‘कुटपिट गरेर एक्लैले मारेको भन्न लगाइएको रहेछ, उनले भने, ‘दोषीहरूलाई कारबाही हुनुपर्छ, कसैलाई उन्मुक्ति दिनु हुन्न।’ तर, मेरो छोरा च्यान्टे भनिने सन्देश खवासबाहेक सबै धरौटीमा रिहा भएका छन्।
दिउषका बुवा धनबहादुरले आफ्नो छोराको हत्यामा एक जनालाईमात्र दोषी दिएर अरुलाई उन्मुक्ती दिनु नहुने बताए।
‘खसी बाख्रा मार्न त एकजनाले सम्भव हुँदैन, मान्छे पो त। मेरो छोरा मार्ने सबैलाई कारबाही हुनुपर्छ,’बुबा धनबहादुरले भने,‘छोरो मरेपनि उनको हत्या गर्नेलाई कारबाही भएर आत्माले शान्ति पाउँछ न्याय पाउनेथियौ भनेको तर यहाँ खेलो अर्कै भईसकेको रहेछ।’
आफुहरुलाई अभियुक्त बाहिर घुमफिर गरी खुलेआम धाकधम्कि दिने गरेको धनबहादुरले बताए।
उनले मुद्धाको अनुसन्धानमा संलग्नरहि अपराधीकै पक्षमा प्रतिवेदन तथा मिसिल तयार गर्ने कर्मचारीहरुमाथी छानबिन गरी कारबाही गर्न र हत्यामा संलग्नलाई कानुन बमोजिम कारबाही गर्न माग गरेका छन्।
उनले थप अनुसन्धान गरी अपराधीलाई सजाय दिलाउन र पीडितलाई न्याय दिलाउने सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सहित बोदार्थ जिल्ला सरकारी कार्यालय मोरङ, माहान्याधिवक्ताको कार्यालय कामाठाडौं र प्रहरी प्रधान कार्यालय नक्सालमा उजुरी गरिएको बताए।