गण्डकी प्रदेशका प्रहरी प्रमुख घनश्याम अर्याललाई कोरोना संक्रमण

गण्डकी प्रदेशका प्रहरी प्रमुख घनश्याम अर्याललाई कोरोना संक्रमण देखिएको छ।

कन्ट्याक्ट ट्रेसिङका आधारमा बिहीबार स्वाब परीक्षण गर्दा उनलाई कोरोना संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ।

केही दिनअघि सोही प्रदेशमा कार्यरत् एसएसपी नरबहादुर केसीलाई संक्रमण देखिएपछि अर्यालको स्वाब संकलन गरिएको थियो।

रिपोर्ट पोजेटिभ आएपछि आफ्नै निवासमा आइसोलेसनमा बसेको डिआइजी अर्यालले बताए।

उनको अवस्था सामान्य छ।
 

प्रकाशित मिति: : 2020-09-06 13:48:56

प्रतिकृया दिनुहोस्