चितवन मेडिकल कलेजमा उपचाररत् थप एक कोरोना संक्रमित पुरुषको मृत्यु

चितवन मेडिकल कलेजमा उपचाररत् थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका १५ को ७० वर्षका पुरुषको आइतबार बिहान ८ बजे मृत्यु भएको हो ।

कोरोना भाइरस संक्रमण पुष्टि भएपछि चितवन मेडिकल कलेजको आइसियूमा राखेर उनको उपचार भइरहेको थियो ।

ती पुरुषमा श्वासप्रश्वासमा समस्या थियो । साथै मिर्गौलाको समस्याबाट पनि पीडित भएकाले डाइलायसिस पनि गरिएको अस्पताल स्रोतले बताएको छ। 

यससँगै चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ । मृत्यु हुनेमा चितवन जिल्लाका मात्रै १२ जना छन्। 

प्रकाशित मिति: : 2020-09-06 09:44:37

प्रतिकृया दिनुहोस्