सडक मानवप्रति समर्पित कल्पना : जसले २० हजार जरिवाना तिर्न बेच्नुपर्‍यो बुवाको औंठी

असहाय र बेसहारालाई सहारा मिल्ने ठाउँ हो दृष्टि फाउन्डेसन । जसको सारथी छिन् कल्पना भट्ट ।

जसले कोरोना कहरबीच पनि आफ्ना मानवता पथका पाइला डगमगाउन दिएकी छैनन् । 

डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका–६ दमडा घर भएकी भट्टको नेतृत्वमा ११ जनाले दृष्टि फाउन्डेसन सञ्चालनमा ल्याएका हुन् । जनही १०–१० हजार उठाएको रकमले २ वर्षदेखि सो फाउन्डेसन धनगढीमा सञ्चालनमा आएको हो । फाउन्डेसन मानवता पढाउने पाठशालाको रुपमा स्थापित हुँदै गएको हो । 

पछिल्लो ५ महिनायता दृष्टि फाउन्डेसन अनेकौं चुनौतीसँग सामना गर्दै अगाडि बढेको छ । कोरोना कहरबीच नयाँ–नयाँ मानसिक रोगीको उद्धारसँगै समाजको असहयोग र तिरस्कार रूपी अवरोधको पनि सामना गर्नुपरेको छ । 

दृष्टि फाउन्डेसनको लागि धनगढी उपमहानगरपालिकाको नगर कार्यपालिकाले नगरपालिकाको वडा नम्बर ४ स्थित शिवपुरी सामुदायिक वनमा ३ कठ्ठा जग्गा उपलब्ध गराउन सम्बन्धित निकायसँग अनुरोध गर्ने निर्णय गरेको थियो ।

निर्णयपश्चात सोही ठाउँमा आफ्नै घर बनाउने योजना दृष्टि फाउन्डेसनको थियो । तर बस्ती नै पागलहरूले भरिने भन्दै स्थानीयबाट लखेटिएपछि फाउन्डेसनकी अध्यक्ष भट्टलाई अचम्मित तुल्याएको छ । तर आफ्नो लक्ष्यबाट हार भने कदापी मानेकी छैनन् उनले । 

प्रकाशित मिति: : 2020-09-05 21:45:47

प्रतिकृया दिनुहोस्