धुलिखेल अस्पतालमा उपचाररत् एक कोरोना संक्रमितको मृत्यु

धुलिखेल अस्पताल, काभ्रेमा उपचाररत् एक कोरोना भाइरस संक्रमित पुरूषको मृत्यु भएको छ।

मृत्यु हुनेमा महोत्तरी बर्दिबासमा ७६ वर्षीय वृद्ध रहेका काभ्रे स्वास्थ प्रमुख नरेन्द्र कुमार झाले बताए।

‘उच्च रक्तचाप र श्वासप्रश्वासमा समस्या भएपछि १५ दिनअघि अस्पताल भर्ना भएका थिए,’ उनले भने, ‘ती वृद्धको शनिबार बिहान ६ बजे उपचारको क्रममा मृत्यु भएको हो।’ 

भर्ना भएकै दिन उनको कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो।

उनको शव व्यवस्थापन नेपाली सेनाले गर्ने तयारी गर्दैछ।

प्रकाशित मिति: : 2020-09-05 13:36:14

प्रतिकृया दिनुहोस्