विराटनगरस्थित कोभिड-१९ उपचार केन्द्रमा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।
उनीसहित प्रदेश १ का विभिन्न आइसोलेसन र उपचार केन्द्रमा भर्ना गरिएकामध्ये मृत्यु हुनेको संख्या ३८ पुगेको छ।
शनिबार मृत्यु हुने मोरङको धनपालथान गाउँपालिकाका हुन्। श्वास फेर्न असहज भएपछि ५२ वर्षीय उनलाई विराटनगरस्थित कोसी अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो।
त्यहाँबाट उनलाई कोभिड–१९ उपचार केन्द्र पठाइएको थियो। त्यहीँ उनको बिहान करिब ११ बजेतिर मृत्यु भएको हो।
शनिबार गरिएको स्वाब परीक्षणका क्रममा उनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। विराटनगरस्थित कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएका संक्रमितको संख्या चार पुगेको छ।