गण्डकी प्रदेशमा एकै दिन ८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शुक्रबार दिउँसो र बिहान गरि ८३ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे।
१:४५ को अध्यावधिक विवरण अनुसार प्रदेशमा ४३ नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या २ हजार ३९७ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए।
निर्देशक शर्माका अनुसार शुक्रबार संक्रमित हुनेमा सबैभन्दा बढी नवलपरासी (सुस्तापूर्व) का २४ जना रहेका छन्। त्यस्तै गोरखाका १६, मनाङ, कास्की र स्याङ्जामा एक/एक जना संक्रमित थपिएका छन्।
आज बिहान थप ४० जनामा कोरोना पुष्टि भएको थियो। संक्रमित सबैलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ।