धादिङमा मृत्यु भएका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ।
गल्छीको बैरेनी बजारमा अशक्त भई ढलेका रसुवाका २९ वर्षीय युवकको मृत्यु पनि कोरोना पुष्टि भएको गजुरी गाउँपालिका अध्यक्ष राजेन्द्र बस्नेतले जानकारी दिए।
उनका अनुसार चितवनबाट रसुवाको गोसाईकुण्ड ६ मा रहेको घर जानलाई आएका ती युवक गल्छीमै अशक्त भई ढलेका थिए।
भदौ १४ गते उद्धारका लागि गजुरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गर्न ल्याउँदा ल्याउँदै बाटैमा मृत्यु भएको थियो।