जुम्लाका प्रजिअ भूपेन्द्र थापासहित ६ जनामा कोरोना संक्रमण

जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापासहित ६ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको पीसीआर प्रयोगशालामा बिहीबार गरिएको परीक्षणमा जुम्लाका सीडीयो थापासहित ६ जनामा कोरोना भाइरसकाे संक्रमण देखिएको हो।

जिल्ला विपद् व्यस्थापन समितिको बैठकमा उपस्थित भएका ३० जनाको नमुना स्वाब परीक्षण गर्दा ६ जनामा कोरोना पोजिटिभ देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक डा मंगल रावलले बताए।

यसैबीच सीडियाे थापाले आफूलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्।

‘जनताको जिवनको सुरक्षा गर्ने सिलासिलामा काँधमा जिम्मेवारी र हृदयमा इमान्दारिता बोकेर कर्तव्य पालनाको सिलसिलामा कोरोना युद्वमा अहोरात्र खटिँदा आज म पनि कोरोना संक्रमित हुन पुगेको छु। अहिलेवाट आइसोलेशन बसेको छु,’ उनले लेखेका छन्। 

उनले आफू चाँढै काममा पर्किने समेत बताएका छन्। कार्यालयसँग सम्बन्धित अत्यावश्यक कामका लागि सहायक प्रमुख जिल्ला अधिकारीसँग सहकार्य गर्न उनले आग्रह समेत गरेका छन्। 

प्रकाशित मिति: : 2020-09-03 20:08:35

प्रतिकृया दिनुहोस्