थाइल्याण्डमा १०० दिनयता कोरोना संक्रमित भेटिएनन्

थाइल्याण्डमा विगत सय दिनयता कोरोना संक्रमणको एउटा पनि घटना देखिएको छैन। यसले विस्तारै यहाँको स्थिति समान्य हुँदै गइहेको छ। प्रधानमन्त्री प्रयुत्त चान–ओचाले यसलाई ठूलो उपलब्धी भनेका छन्। र, संक्रमणको लडाईंमा साथ दिएकोमा आफ्नो जनतालाई धन्यबाद पनि भनेका छन्। 

थाइल्याण्डमा हालसम्म कोरोनाका ३ हजार ४ सयभन्दा बढी संक्रमित देखिएका छन्। यहाँ ५८ जनाको निधन भएको छ। गत डिसेम्बरको अन्त्यतिर चीनको उहान शहरबाट सुरु भएको कोरोना संक्रमणले विश्वभरि २ करोड ६० लाख मानिसलाई संक्रमित बनाइसकेको छ। 

तर, चीनको छिमेकी भएर पनि कोरोनालाई नियन्त्रणमा राख्ने देशमा थाइल्याण्ड पनि पर्छ। थाई सरकारले कोरोना संक्रमणको घटना नबढोस् भनेर म्यानमासँग जोडिएको सीमामा सुरक्षा व्यवस्था कडा पारेको छ।

प्रकाशित मिति: : 2020-09-03 07:20:41

प्रतिकृया दिनुहोस्