रुपन्देहीमा उपचाररत थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।
लुम्बिनी प्रादेशिक कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत कपिलवस्तुको कृष्णनगर नगरपालिका ११ कि ६० वर्षीया महिलाको बुधबार बिहान मृत्यु भएको हो।
ती महिलालाई भदौ ७ गते थप उपचारका लागि बुटवल ल्याइएको थियो।
उच्च रक्तचापकी बिरामी ती महिलाको आईसीयुमा राखेर उपचार भइरहेका बेला मृत्यु भएको कोरोना विशेष अस्पतालका फोकल पर्सन डा सुदर्शन थापाले जानकारी दिए।