आज मध्यरातबाट काठमाडाैं उपत्यकामा थपियाे निषेधाज्ञा: के गर्न पाइन्छ, के गर्न पाइदैन?

काठमाडौं उपत्यकाका तीन जिल्लामा आज बुधबार मध्यरातिदेखि जारी निषेधाज्ञालाई सहज बनाउने निर्णय गरेको छ।

काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा संयन्त्रबीच मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो। 

तर, बैठकले भदौ १६ गते राति १२ बजेदेखि २२ गते एक हप्तासम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ। 

काठमाडौं उपत्यकामा कारोना संक्रमितको संख्या १६ सय र मृतक १६ जना पुगेपछि कोरोना जोखिम बढेको भन्दै बैठकले निषेधाज्ञा थप गरेको हो।

बैठकले यो अवधिमा औषधि, खाद्यबस्तु र अत्यावश्यकीय वस्तु खरिदको कामका लागि बाहेक बाहिर निस्कन नदिने निर्णय गरेको छ। यस्तै जिल्लाभरी कुनै स्थानबाट राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक लगाउने र १० वर्ष भन्दा मुनी र ६० वर्षभन्दा माथिका व्यक्तिलाई अत्यावश्यक काममा बोह बाहिर जान नदिने निरर्णय बैठकले गरेको छ। यस्तै बाहिर निस्किँदा मास्क अनिवार्य लगाउनुपर्नेछ।

यस्तै अत्यावश्यकीय सामाग्री ढुवानी, स्वास्थ्यकर्मी र सुरक्षा निकाय र अन्य सवारी सञ्चालनमा पुन जोर बिजोर प्रणाली लागू गरिएको छ। 

होटल र रेष्टुरेन्ट खेल्न पाइने छ। बैंक लगायतका निकायले न्यूनमत कर्मचारी राखेर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर सेवा दिन सक्नेछन्।

के गर्न पाइन्छ, के गर्न पाइदैन?

१. औषधि, खाद्यवस्तु, कपडा, फलफुल लतथा तरकारी, दुध डेरी, हार्डवेयरलयायत उपभोग्यवस्तु वा सेवा खरिदको  गर्ने पसलमा तापक्रम नाप्ने, मास्क  स्यानिटाइटर लयागत सुरक्षा मापदण्ड अपनाउने।

३. अत्यावश्यक सामग्री लगायताका मालवाहक डुवानीका सवारी साधन, स्वास्थ्यकर्मी तथा सुरषा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक सवारी साधन प्रयोग नगर्न।

४. जिल्ला भित्र सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुवाहक सवारीसाधन सञ्चालन नगर्न। 

५.कोभिड–१९ को संक्रमणको जोखिम नियन्त्रण, सो को रोकथाम, उपचार तथा व्यवस्थापन सम्बन्धी कार्यमा खटिनु पर्ने  अत्यावश्यक सेवा भनी नतोकिएका तर नियमित सेवा प्रदान गर्नुपर्ने अन्य कार्यालयमा आउन जानपर्ने राष्ट्रसेवक कर्मचारीको हकमा सम्बन्धित कार्यालय वा निकायले न्यूनतम कर्मचारी संख्या निर्धारण गरी कार्यलयले जारी गरेको फोटो सहितको परिचयपत्रको आधारमा बिहान ९ बजेदेखि १० : ३० र बेलुकी ३ बजेदेखि ५:३० सम्म अवागमन गर्ने समय बाहेकको समयमा सवारी सञ्चालन गर्न पाइने।

६. सवारी साधन सञ्चालनको लागि पूर्व अनुमति आवश्यक नपर्ने भनी तोकिएका अत्यावश्यकीय बस्तु तथा सेवा अन्तर्गत पर्ने, औषधि, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्याँस, तरकारी, फलफूल, दूध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार भन्सार क्वारेन्टाइन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन, अस्पताल जाने आउने बिरामी, मृत्यु संस्कारका लागि अनिवार्य रूपमा सहभागी हुनुपर्ने कामका लागि प्रयोग गर्ने सवारी साधन जस्ता अति आवश्यक सेवा बाहेकका सवारी साधन सञ्चालन गर्न।

७. कुनै पनि मेला, महोत्सव जात्रा सञ्चालन गर्न, मानिसहरु भेला जम्मा हुन, भीडभाड गर्न, सभा जुलुस गर्न नपाइने।

८. परम्परागत रुपमा भई आएको दैनिक रुपमा हुने आन्तरिक नित्य पूजा वाहेकका सम्पूर्ण धार्मिक, सांस्कृतिक गतिविधिहरु सञ्चलन तथा जमघट गर्न नपाइने।

९. सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जन स्थल, शैलुन, ब्यूटी पार्लर, स्पा, स्विमिङ पुल, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय, चिडियाखाना आदि सञ्चालन नगर्ने।

१०. होटल, रेष्टुरा सञ्चालन गर्न पाइने तर भिड गर्न नपाइने।

११. अत्यावश्यक कार्यकालागि घर बाहिर निस्कँदा अनिवार्य रुपमा मास्कको प्रयोग तथा न्यूनतम भौतिक दूरी कायम गर्नुपर्नेछ।

१२. अत्यावश्यक उपभोग्यवस्तु वा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने, मुल्यवृद्धि गर्ने जम्माखोरी वा लुकाउने वा सहज आपूर्तिमा अवरोध गर्नेहरु उपर कानूनबमोजिम कारबाही हुनेछ।

१७. सम्बन्धि जिल्लाले जारी गरेकाे पास बाहेक अन्य कुनै जिल्लाले जारी गरेकाे पास ले जिल्ला छिर्न नपाइने।

 

प्रकाशित मिति: : 2020-09-02 09:57:43

प्रतिकृया दिनुहोस्