चितवनमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भरतपुर कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षण चितवनका २८ जनासहित नवलपरासीका ३, धनुषा, रुपन्देही, सिरहा र बारा एक/एक संक्रमित थपिएका हुन्।
चितवनका २८ जनामध्ये भरतपुर महानगरपालिकामा १६ पुरुष र १० महिला गरी २६ जना संक्रमित थपिएका छन् । भरतपुर महानगरपालिका वडा नं. २, ३, ७, ९, १०, ११, १२, १५, १६, १७, २० र २६ मा संक्रमित थपिएका हुन् । उनीहरु २१ देखि ५८ वर्ष उमेर समूहका छन् ।
यसैगरी चितवनकै रत्ननगर नगरपालिका १० मा २७ वर्षीया एक महिला र राप्ती नगरपालिका ९ मा ३५ वर्षीया एक महिलामा पनि कोरोना पुष्टि भएको प्रयोगशाला प्रमुख डा. नीतु अधिकारीले जानकारी दिइन् ।
यस्तै नवलपरासीका २ पुरुष र एक महिलामा कोरोना संक्रमण देखिएको छ । अन्य संक्रमितहरु धनुषा, रुपन्देही, सिरहा र बाराका छन् ।