उपत्यकामा २९८ सहित थप ८९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २९८ सहित थप ८९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार मुलुकभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ८९९ जनामा कोरोना पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३९ हजार ४६० पुगेको छ ।

आज सबैभन्दा धेरै काठमाडौंमा संक्रमित देखिएको मन्त्रालयले जनाएको छ । काठमाडौंमा १९०, ललितपुरमा ६७ र भक्तपुरमा ४१ जनासहित उपत्यकामा २९८ जनामा कोरोना संक्रमित देखिएको प्रवक्ता डा. गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा थप ५८८ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या २१ हजार ४१० पुगेको छ ।

यस्तै पछिल्लो २४ घन्टामा थप ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या २२८ पुगेको छ।

प्रकाशित मिति: : 2020-08-31 16:27:58

प्रतिकृया दिनुहोस्