गण्डकी प्रदेशमा ५ वर्षीया बालिकासहित थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
क्षयरोग उपचार केन्द्र, पोखरा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप १४ जना संक्रमित थपिएका हुन्।
थपिनेमा गोरखा नगरपालिका वडा नम्बर १० का ५५ वर्षीय पुरुष, वडा नम्बर १३ का २३ ३० ३२ ३८ ४३ ४३ ४५ का ७ जना पुरुष र ५ २५ र ७५ वर्षीय महिला छन्।
यता वडा नम्बर ८ का ३४ वर्षीय पुरुषमा पनि कोरोना देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जनाकारी दिए।
उनका अनुसार सबै संक्रमित कन्ट्रयाक ट्रेसिङबाट पहिचान भएका हुन्। संक्रमितहरुलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको डा शर्माले बताए।
यो गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २१३७ पुगेको छ।