उपत्यकामा थपिए १८६ जना संक्रमित

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १८६ नयाँ संक्रमित देखिएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज थपिएकामध्ये काठमाडौंमा १५५, ललितपुरमा १९ र भक्तपुरमा १२ जना छन्।

यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३७ हजार ३ सय ४० पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार ३१३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २० जार ५ सय ५५ पुगेको छ।

पछिल्लो २४ घण्टामा १० हजार ९ सय ७१ पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हालसम्म ६ लाख ६९ हजार ६२६ पीसीआर परीक्षण भएको छ।
 

प्रकाशित मिति: : 2020-08-29 16:42:44

प्रतिकृया दिनुहोस्