विराटनगरस्थित कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ।
प्रदेश २ को लहानकी ६५ वर्षीया महिलाको शुक्रबार बिहान १० बजेर ४५ मिनेटमा उपचारका क्रममा मृत्यु भएको केन्द्रका प्रमुख डा दिपक सिग्देलले जानकारी दिए ।
बिहीबार राती करिब साढे १० बजे केन्द्रमा भर्ना गरिएकी बिरामीमा फोक्सोको रोग थियो।
शुक्रबार स्वासप्रस्वासमा समस्या भएपछि बिहान ७ बजेबाट बिरामीलाई भेन्टिलेटरमा सारिएकाे थियाे। लगत्तै उनकाे मृत्यु भएको हाे।
महिलाको शव ब्यवस्थापनको तयारी भइरहेको केन्द्रले जनाएको छ ।