बुटवलमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। बुटवलको कोरोना विशेष आइसोलेसन अस्पतालमा रूपन्देहीका ४० वर्षे पुरूषको मृत्यु भएको हो।
भदौ ७ गते कोरोना संक्रमण पुष्टि भएपछि आइसोलेसन अस्पतालमा भर्ना भएका तिलोत्तमा ४ का ६० वर्षीय पुरूषको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर राजेन्द्र खनालले जानकारी दिए।
उच्च रक्तचापको समेत समस्या रहेका उनको भेन्टिलेटरमा राखी उपचार भइरहेकोमा शुक्रबार बिहान साढे २ बजेतिर उनको मृत्यु भएको हो।