गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार २२ पुगेको छ।
क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा जिल्लामा थप १७ जना संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए।।
जसमध्य नवलपरासी बसपू जिल्ला, बिनय त्रिवेणी १ का ४ जनामा संक्रमण देखिएको छ। उनीहरु वर्ष १७, ४०, ६७ र ६२ महिला हुन् र २० र ६२ वर्षीय पुरुष छन्।
यता, देबचुलीका दुई जनामा कोरोना संक्रमण देखिएको छ। देवचुलि १५ का ५० वर्षीय संक्रमित महिलाखानेपानी सप्लाई गर्ने संस्थामा कार्यरत रहेको निर्देशक डा शर्माले बताए।
लमजुङमा दुई संक्रमित थपिएका छन्। मर्स्याङ्दी ४ मा १ र बेशीसहर ८ मा १ जना संक्रमित थपिएका छन्। उनीहरु वर्ष २७ र २२ का पुरुष हुन्।
मर्स्याङ्दी ४ का संक्रमित भारतबाट आएका हुन
यता, तनहुँ सुक्लागण्डकी १२ मा वर्ष २२ र ४२ त्यस्तै ५ नम्बर वडाका ४२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ। यस्तै व्यास ३ का ३८ र ३९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको निर्देशक डा शर्माले बताए।
यस्तै कास्की जिल्ला, पोखरा महानगरपालिका १७ का २ जना पनि संक्रमण देखिएको छ। उनीहरु पर्यटक प्रहरी हुन्।
सबै व्यक्तिहरुलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ
निर्देशक डा शर्माले जानकारी दिए।
यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १६७२ पुगेको छ। जुन निको हुने दर ८२.६९ प्रतिशत हो।