महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत ३० प्रहरीमा कोरोना भाइरसकाे संक्रमण देखिएको छ।
महानगरीय प्रहरी परिसरका एक अधिकारीका अनुसार संक्रमित हुनेमा वृत्तभित्रै रहेका २० जनपद र १० जना ट्राफिक प्रहरी छन्।
संक्रमित हुनेमा २ जना इन्सपेक्टर समेत रहेकाे उनले बताए।
काठमाडौंमा एकै वृत्तमा यति ठूलो संख्यामा कोरोना देखिएको पहिलो कार्यालय हो। कोरोना संक्रमणपछि वृत्तका डीएसपीसहित ३० प्रहरीलाई आइसोलोसनमा राखिएकाे छ
पछिल्लो समय काठमाडौंमा कार्यरत प्रहरीमा कोरोना संक्रमण बढ्दै गएको छ।