ट्युनेसियामा सार्वजनिक स्थलमा मास्क नलगाउनेलाई ६ महिना जेल

बिएल संवाददाता

ट्युनेसिया

उत्तर अफ्रीकी देश ट्युनेसियामा बढ्दो कोरोना भाइरसको संक्रमणका कारण सरकारले नयाँ स्वास्थ्य नियम लागु गरेको छ।

 जसअनुसार सार्वजनिक स्थलमा मास्क नलगाउने मानिसलाई १ सय २० देखि ५ हजार ट्युनिस दिनार र ६ वर्षसम्मको जेल सजाय तोकेको छ। 

स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको प्रोटोकलमा मास्क लगाउन अनिवार्य भनिएको छ।

स्वास्थ्य मन्त्री मोहम्मद हबीबले यसका जानकारी दिँदै भने, ‘यो नियम कोरोनाको भयाभहस्थितलाई मध्यनजर गरेर लागु गरिएको हो।’

ट्युनेसियामा हालसम्म ३२ सय ६ संक्रमित फेला परेका छन्, जसमा ७१ जनाको निधन भइसकेको छ।

प्रकाशित मिति: : 2020-08-27 09:12:40

प्रतिकृया दिनुहोस्