दीर्घरोगी मात्र होइन निरोगीको पनि लिँदैछ कोरोनाले ज्यान, नेपालका युवामा बढेको हो 'थ्रेट' ?

लोकान्तर

काठमाडौँ
ईश्वर अर्याल

 

कपिलवस्तु नगरपालिका - २ र कृष्णनगर नगरपालिका - १० का दुई पुरुषको गत साउन २८ गते कोभिड– १९ संक्रमणका कारण निधन भयो । 

४० र ४२ वर्षका ती पुरुषमा कुनै दीर्घरोग थिएन । दुवै जनाको कुनै ट्राभल हिस्ट्री पनि थिएन । हट्टाकट्टा उमेरका उनीहरू स्थानीय संक्रमणको शिकार भए र ज्यान गुमाए ।

लुम्बिनी प्रादेशिक अस्पतालले सञ्चालन गरेको कोरोना विशेष अस्पताल बुटवलका फोकल पर्सन डा. सुदर्शन थापाले उनीहरू दुवैमा अन्य कुनै रोग नभएको जानकारी दिए । 'उहाँहरूमा अन्य कुनै रोग देखिएको थिएन,' डा. थापाले भने, 'यहाँ मृत्यु हुने ५ जनामध्ये २ जनामा अरू रोगको लक्षण थिएन ।'

कोभिड १९ को सबैभन्दा ठूलो असर दीर्घरोगी र वृद्धावस्थाका व्यक्तिहरूलाई मात्र पर्छ भन्ने भाष्य पछिल्लो समय गलत प्रमाणित हुन थालेको छ । २० देखि ४०-४५ उमेर समूहकै धेरै व्यक्तिहरूलाई कोरोनाले शिकार बनाएको छ । 

प्रकाशित मिति: : 2020-08-26 15:43:17

प्रतिकृया दिनुहोस्