विराटनगरमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु

विराटनगर मा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।

विराटनगर महानगरपालिका ११ मा बस्दै आएकी ४४ वर्षीया महिलाको विराट मेडिकल कलेजमा मंगलबार राति ८ बजे मृत्यु भएको हो।

मंगलबार दिउँसो भर्ना भएकी महिलाको उपचारका क्रममा मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख सुधीर सिंह राठौरले जानकारी दिए।

संक्रमित महिलालाई श्वासप्रश्वासमा समस्या देखिएको थियो। संक्रमित महिलामा निमोनिया पनि देखिएको अस्पतालले जनाएको छ।
विराटनगर १५ मिल्स एरिया घर भएकी महिला विराटनगर ११ मा बस्दै आएकी थिइन्। 

उनको मंगलबार बेलुका कोशी अस्पतालमा जाँच गर्दा कोरोना पोजेटिभ देखिएको थियो।

महिलाको मृत्युसँगै कोरोनाका कारण हालसम्म विराटनगर का ११ जनाले ज्यान गुमाइसकेका छन्। मृत्यु हुनेमा दुई महिला र नौ पुरुष छन्।

गएराति नै ललितपुरको पाटन अस्पतालमा र बाँकेको नेपालगञ्ज मेडिकल कलेजमा एक/एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।

प्रकाशित मिति: : 2020-08-26 09:41:35

प्रतिकृया दिनुहोस्