‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
बिएल संवाददाता
चार दल सम्मिलित समाजवादी मोर्चाको बैठकले संघीयता कार्यान्वयनमा सरकार दृढतापूर्वक उभिनुपर्ने निष्कर्ष निकालेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान बसेको बैठकले संघीयता कार्यान्वयनका लागि आवश्यक कानुनहरु छिटो निर्माण गर्नुपर्ने जाेड दिएकाे जनता समावादी पार्टी (जसपा)का नेता राजेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए।
उनका अनुसार बैठकले अध्यादेश नै ल्याएर भए पनि संघीयता कार्यान्वयन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई सुझाव दिएकाे छ।
‘सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षताकोविरुद्ध विविध शक्ति लागेका छन्। सङ्घीयतालाई कार्यान्वयन गर्न सरकार अग्रसर भएर दृढतापूर्वक उभिनुपर्छ। प्रदेशलाई अधिकार नदिँदा जनतालाई प्रदेश सरकार बोझ हो कि भन्ने परेको छ’, श्रेष्ठले भने, ‘संविधानमै भएको व्यवस्थालाई आठ वर्षसम्म कार्यान्वयन गर्न नसक्नु कमजोरी हो। अध्यादेशबाटै भए पनि कार्यान्वयन गर्न मोर्चाले प्रधानमन्त्रीलाई सुझाव दिएको छ।’
बैठकमा गणतन्त्र, सङ्घीयता र धर्मनिरपेक्षतामाथि बढ्दो रुपमा प्रश्नहरू उठिरहेकाबारे नेताहरूले चिन्ता व्यक्त गरेको उनले बताए।
बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवलगायतका समाजवादी मोर्चाका नेताहरू सहभागी थिए।
मोर्चाको बैठक आज साँझ ६ बजे पुनः बस्ने गरी टुङ्गिएको छ।
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया