चिकित्सक संघ पर्साले भन्याे– रेमडेसिभिरको कालाेबजारीमा हाम्राे संलग्नता छैन

नेपाल चिकित्सक संघ पर्साले रेमडेसिभिरको कालाेबजारीमा चिकित्सकहरुको संलग्नता नभएको दावी गरेको छ।

केहीदिन अगाडी विभिन्न सञ्चारमाध्यममा कोरोना उपचारमा आवस्यक पर्ने औषधि रेमडेसिभिरको कालाेबजारीमा चिकित्सकहरुको संलग्नता भएको भन्दै समाचार प्रकाशित भएको थियो।

तर नेपाल चिकित्सक संघका अध्यक्ष डा अरुणकुमार सिंहले मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै केही सञ्चारमाध्यमले कोरोना संक्रमितको उपचारमा खटिएका चिकित्सकहलाई हतोत्साहित गर्ने कोसिस गरेको बताएका छन्। 

‘कोरोना महामारीको रोकथाम नियन्त्रण तथा उपचारमा ज्यानको प्रवाह नगरी अहोरात्र खटिरहनुभएका चिकित्सक संघका सदस्यहरुलाई समेत कालाेबजारीमा संलग्नता रहेको भन्दै बदनाम गर्ने उदेश्यले समाचार आएका छन्। उक्त समाचारको घोरभत्सना गर्छौं,’ विज्ञप्तिमा भनिएको छ।

यस्तै रेमडेसिभिरको कालाेबजारीमा चिकित्सकहरुको कही कतै कुनै किसिमको संलग्नता रहेको उचित प्रमाण सञ्चारमाध्यमले पेश गरे चिकित्सकलाई कार्वाही गरिने चेतावनीसमेत लिइएको छ।

प्रकाशित मिति: : 2020-08-25 17:41:20

प्रतिकृया दिनुहोस्