पर्साको पकहामैनपुर गाउँपालिको धोरेमा होम आइसोलेशनमा बसेका तीन जना कोरोना संक्रमित घरमै बसेर गाउँमा घुमफिर गर्न थालेपछि त्रास बढेको छ।
कोरोना संक्रमितहरु गाउँपालिकाले बनाएको आइसोलेशनमा नबसेर घरमा बस्ने निहुँमाबाहिर छरछिमेकमा घुम्न थालेपछि स्थानियबासिन्दा त्रसित भएका हुन् ।
प्रहरीले तीनैजना संक्रमितको घरमा कोरोना संक्रमित रहेको भनेर पोस्टर टाँसेर गएको र उनीहरुलाई कम्तीमा १४ दिनसम्म घर बाहिर ननिस्कन निर्देशन दिएको थियो। तर उनीहरुले अटेरी गरेर गाउँभरि घुमफिर गर्न थालेपछि त्रास बढेको एक स्थानियले बताए।
‘गाउँमा सबैले पानी खाने एउटै धारा छ’, एक स्थानियले भने, ‘सो धारामासमेत संक्रमित गएर नुहाउने गरेका छन्।’