गण्डक अस्पतालमा थप एक काेराेना संक्रमितकाे मृत्यु

वीरगञ्जस्थित नारायणी अस्पतालको मातहातमा रहेको अस्थायी कोभिड विशेष अस्पताल गण्डकमा उपचाररत एक व्यक्तिको मृत्यु भएको छ ।

पर्साको सुपौली घर भएका ६८ वर्षीय पुरुषको आइतबार राति १० बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । 

तराई हस्पिटलबाट रिफर गरी ल्याइएको केहिबेरमै वृद्धले ज्यान गुमाएको कोभिड अस्पतालका संयोजक डा. उदयनारायण सिंहले जानकारी दिए । मृतक वृद्धको कोरोना रिपोर्ट आउन बाँकी रहेको छ ।

मुटुसम्बन्धी समस्याका कारण तराई अस्पतालमा उपचारका गराइरहेकी वृद्धमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनलाई आइतबार राति गण्डक कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

प्रकाशित मिति: : 2020-08-24 17:14:31

प्रतिकृया दिनुहोस्