काठमाडौं उपत्यकामा २२४ सहित मुलुकभर ७४३ संक्रमित थपिए, थप ८ को मृत्यु

पछिल्लो २४ घण्टामा मुलुकभर कोरोना भाइरसका ७४३ नयाँ संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा गरिएको १० हजार २३४ जनाको पीसीआर परीक्षणमा २४६ महिला र ४९७ जना पुरुषसहित ७४३ मा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए।

यो सँगै नेपालमा संक्रमित हुनेको संख्या ३२ हजार ६७८ पुगेको छ। यसमध्ये सक्रिय संक्रमितको संख्या १३ हजार ७१५ छ।

यसमा संस्थागत आइसोलेसनमा ९ हजार १५४ र  होम आइसोलेसनमा ४५६१ जना रहेका छन् । 

काठमाडौं उपत्यकामा थप २२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। गौतमका अनुसार काठमाडौंमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ गरी उपत्यकामा २२४ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टा १७५ जना संक्रमणमुक्त भएका छन्। यससँगै संक्रमणमुक्त हुनेको संख्या १८ हजार ८०६ पुगेको छ।

यस्तै संक्रमणमुक्त हुनेको दर ५८ प्रतिशत छ।

यसैबीच कोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुनसरीका ६८ वर्षीय पुरूष, माेरङका ६५ वर्षीय पुरूष, पर्साका ७० वर्षीया महिला, काठमाडाैंका ४८ वर्षीया महिलाकाे मृत्यु भएकाे हाे। त्यस्तै रूपन्देहीमा तीनजना पुरूष ३८, ५३, ५४ र ६७ वर्षीया महिलाकाे काेराेना संक्रमणबाट मृत्यु भएकाे छ।

यो सँगै नेपालमा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या १५७ पुगेको छ।

प्रकाशित मिति: : 2020-08-24 16:27:16

प्रतिकृया दिनुहोस्