पर्सा र बारामा ५३ जना नयाँ संक्रमित थपिएका छन्।
नारायणी अस्पताल प्रयोगशालाले आइतबार राति सार्वजनिक गरेको रिपोर्ट अनुसार ७ महिला र ४६ पुरुष गरी कुल ५३ जना नयाँ संक्रमित थपिएका हुन्।
जसमा पर्साका ३४ र बाराका १९ जना रहेका छन्।
अढाई वर्षको बालकदेखि ७२ वर्ष उमेर समुहका संक्रमितहरु मध्ये बाराका १९ जना मध्ये अधिकांश जितपुरसिमरा उपमहानगरपालिकाको अमलेखगञ्ज क्षेत्रका बासिन्दा रहेका छन्।
त्यसैगरी,पर्साका ३४ जना मध्ये अधिकांश वीरगञ्ज १५ भिस्वाका बासिन्दा रहेको बताइएको छ। पर्सामा अब १ हजार ९ सय १० र ३४ जना जोड्दा १ हजार ९ सय ४४ जना कुल संक्रमित पुगेका छन्।