कोरोनाबाट प्रभावित देशहरूको सूचिमा तेस्रो नम्बरमा रहेको भारतले सबैभन्दा बढी मानिस मर्ने देशको सूचिमा पनि तेस्रो स्थान ओगट्ने सम्भावना प्रबल भएको छ।
आइतबार भारतमा ८ सय ४६ जनाको निधन भएपछि यही साता भारतले मेक्सिकोलाई उछिन्ने सम्भावना बढेर गएको छ।
मेक्सिकोमा हालसम्म ६० हजार ४ सयभन्दा बढी मानिसको निधन भइसकेको छ। भारतमा हालसम्म ५७ हजारभन्दा बढीले ज्यान गुमाएका छन्।
यहाँ दैनिक ६१ हजारभन्दा बढी कोरोना संक्रमित देखिन थालेका छन्। हालसम्म ३१ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन्।
आर्थिक नगरी महाराष्ट्रमा मात्र मर्नेको संख्या २२ हजारभन्दा माथि नाघिसकेको छ।
अमेरिका र ब्राजिलपछि भारत सबैभन्दा धेरै संक्रमित भएको देश हो।