धनुषामा मृत्यु भएका एक व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका २० रुपैठाका ५८ बर्षीय पुरुषको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो।
उनको गत भदौ ३ गते ती पुरुषको स्वाब संकलन गरिएको थियो । तर ४ गते नै मृत्यु भएको र ६ गते उनको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य प्रशासक विजयकुमार झाले जानकारी दिए ।
यद्यपी ती पुरुषको कुन ठाउँमा कसरी मृत्यु भयो भन्ने सन्दर्भमा आफू समक्ष जानकारी आउन नसकेको जिल्ला स्वास्थ्य कार्यालय, धनुषाका प्रमुख इन्द्र यादवले बताए ।