काठमाडाैं र भक्तपुरका अस्पतालमा थप २ काेराेना संक्रमितको मृत्यु

काेराेना संक्रमणबाट थप २ जनाकाे मृत्यु भएकाे छ । भक्तपुरस्थित शहीद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रमा उपचाररत ५४ वर्षीय पुरुष र काठमाडाैंकाे ह्याम्स हस्पिटलमा उपचाररत ५८ वर्षीय पुरुषकाे मृत्यु भएकाे हाे । 

डायलाइसिस गर्न आइतबार अस्पताल पुगेका बुटवल- ११ घर भएका पुरुषकाे उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएकाे छ ।उनकाे उपचारमा २ चिकित्सकसहित ४ जना नर्स संलग्न रहेकाे बताइएकाे छ । 

यसैगरी, ह्याम्स हस्पिटलमा मृत्यु भएका पुरुष स्टाेन अपरेसनका लागि अस्पताल भर्ना भएकाे अस्पतालले जनाएकाे छ ।

प्रकाशित मिति: : 2020-08-23 18:12:26

प्रतिकृया दिनुहोस्