चितवनमा कोरोना भाइरसको संक्रमणले थप एक जनाको मृत्यु भएको छ।
भरतपुर–१० स्थित पुरानो मेडिकल कलेजमा उपचाररत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–३ निवासी ६५ वर्षीया महिलाको शनिबार साँझ ७:२६ बजे मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।
शनिबार साँझ कोरोना रिपोर्ट पोजेटिभ आउँदा ती महिलाको मृत्यु भइसकेको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए ।
महिलाको पुरानो मेडिकल कलेजबाट भदौ १ गते नै स्वाब सङ्कलन गरी परीक्षणका लागि भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला पठाइएको थियो तर, रिपोर्ट नआउँदै महिलाको साँझ मृत्यु भएको हो।
कलेजोमा समस्या देखिएपछि उनलाई गत साउन ३२ गते पुरानो मेडिकल कलेजमा भर्ना गरिएको थियो ।उनको शल्यक्रिया गर्नुअघि भदौ १ गते नै स्वाब सङ्कलन गरी परीक्षणका लागि प्रयोगशाला पठाइएको थियो ।
सोही अस्पतालमा बिहीबार राति मृत्यु भएका हेटौँडाका ७५ वर्षीय पुरुषको पनि शनिबार बिहान कोरोना संक्रमण पुष्टि भएको थियो ।