विश्वभर कोरोनाबाट मृत्यु हुनेकाे संख्या ८ लाख नाघ्याे

विश्वभर कोरोना भाइरसबाट मृत्यु हुने संक्रमितकाे संख्या ८ लाख नाघेको छ। आइतबार बिहानसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८ लाख ३ हजार ३ सय ९७ पुगेको जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना भाइरस रिसोर्स सेन्टरले जनाएकाे छ।

विश्वका विभिन्न देशमा गरी संक्रमितको संख्या दुई करोड ३१ लाख ३० हजारभन्दा बढी पुगेको छ। त्यस्तै संक्रमण पुष्टि भएकाहरुमध्ये एक करोड ४८ लाखभन्दा बढी निको भएका छन्।

कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा आइतबार बिहानसम्म ५६ लाख ६६ हजारभन्दा बढी संक्रमित भएका छन्। त्यस्तै अमेरिकामा एक लाख ७६ हजारभन्दा बढीको मृत्यु भएको छ। यहाँ निको हुनेको संख्या करिब १९ लाख ८५ हजार रहेको छ।

त्यस्तै अमेरिकापछि सबैभन्दा बढी प्रभावित ब्राजिलमा करिब ३५ लाख ८२ हजार संक्रमित भएका छन् भने एक लाख १४ हजारभन्दा बढी मृत्यु भएको छ। ब्राजिलमा संक्रमण पुष्टि भएकामध्ये करिब २९ लाख निको भएका छन्।

त्यस्तै तेस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या २९ लाख ७५ हजारभन्दा बढी पुगेको छ। भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५५ हजार ७ सय ९४ पुगेको छ। भारतमा संक्रमण पुष्टि भएकामध्ये करिब २२ लाख २२ हजार निको भएका छन्।

चौथो स्थानमा रहेको रुसमा संक्रमितको संख्या करिब ९ लाख ४९ रहेको छ। रुसमा कोरोना संक्रमणबाट १६ हजार २ सय ६८ जनाको मृत्यु भएको छ। रुसमा करिब ७ लाख ६५ हजार संक्रमित निको भएका छन्।

यता नेपालमा अहिलेसम्म नेपालमा ३१ हजार १ सय ७७ जनामा संक्रमण पुष्टि भएको छ भने १८ हजार ३ सय ५० जना निको भएका छन्। यहाँ कोरोना संक्रमणबाट १४६ जनाको मृत्यु भएको छ। 

प्रकाशित मिति: : 2020-08-23 08:37:53

प्रतिकृया दिनुहोस्