विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले १२ वर्ष वा त्यो भन्दा माथिका बालबालिकासहितले मास्क प्रयोग गर्न आग्रह गरेकाे छ।
बालबालिकाबाट भाइरसको संक्रमण कस्तो वा कुन दरमा हुन्छ भन्नेबारे सीमित मात्रै जानकारी रहेको स्वीकार गरेको डब्लुएचओले किशोरकिशोरीबाट भने वश्यकहरुबाट जस्तै संक्रमण फैलिने बताएको छ।
डब्लुएचओले जारी गरेको मास्क सम्बन्धी नयाँ निर्देशिकामा कोरोना भाइरसको संक्रमणबाट जोगिन र संक्रमण फैलिन नदिनका लागि सम्बन्धित देशहरुको निर्देशिकासँग अनुकुल हुने गरी १२ वर्ष वा त्यो भन्दा माथिका बालबालिका, किशोरकिशोरीसहितले मास्क लगाउनु पर्ने उल्लेख छ।
डब्लुएचओले पाँच वर्षसम्मका बालबालिकाले भने मास्क लगाउनु नपर्ने जनाएको छ।
डब्लुएचओको नयाँ निर्देशिका अनुसार १२ वर्षभन्दा माथिकाले वयश्कले जस्तै मास्क लगाउनु पर्ने तथा ६ देखि ११ वर्षसम्मका बालबालिकाको हकमा भने संक्रमण फैलिएको क्षेत्र वा संक्रमित व्यक्तिको सम्पर्कमा जाँदा मास्क लगाउनु पर्ने उल्लेख छ।
मास्कको प्रयोगमा आफ्ना बालबालिकालाई अभिभावकले सहयोग गर्नु पर्ने पनि डब्लुएचओले जनाएको छ।
कोरोना भाइरसका कारण विश्वभर अहिलेसम्म विश्वभर ८ लाख दुई हजार सात सय भन्दा बढीको ज्यान भएको छ। संक्रमित हुनेको संख्या दुई करोड ३१ लाख २१ हजार भन्दा बढी पुगेको छ।