पर्सामा थप ५४ जना काेराेना भाइरस संक्रमित थपिएका छन्।
नारायणी अस्पतामा गरिएकाे परीक्षणमा ४७ पुरुष र ७ महिलासहित ५४ जनामा काेराेना पुष्टि भएकाे हाे।
प्रयोगशालाका अनुसार संक्रमितमध्ये अधिकांश वीरगञ्ज महानगरपालिकाका छन्। जसमध्ये वीरगञ्ज महानगरपालिका वडा नं. ४ मा १, वडा नं. ७ मा १, वडा नं. ९ मा १, वडा नं. १० मा १, वडा नं. ११ मा १, वडा नं. १२ मा १, वडा नं. १३ मा २, वडा नं. १६ मा ३, वडा नं. २० मा १, वडा नं. २५ मा १ र वडा नं. ३२ मा ३ जनामा संक्रमण देखिएकाे छ।
यता सखुवा प्रसौनी ४ मा १, पटेर्वा सुगौली ४ मा ३, धोरेमा १, सवैठवामा १ , पकाहामा १, ठोरी गापा वडा नं. १ मा २, वडा नं. ४ मा १ र पर्सागढी न.पा वडा नं. ४ मा ४, वडा नं. ५ मा ४ र वडा नं. ६ मा १७ जना रहेका छन् ।