चितवनमा उपचारका क्रममा मृत्यु भएका हेटौंडाका बिरामीमा कोरोना संक्रमण पुष्टि

चितवनमा उपचारका क्रममा मृत्यु भएका एक बिरामीमा कोरोना संक्रमण पुष्टि भएको छ।

भदौ तीन गते निमोनिया भएर भरतपुरको पुरानो मेडिकल कलेजमा उपचारका लागि आएका हेटौंडाका कोरोना संक्रमित ७५ वर्षीय वृद्धको बिहीवार राति उपचारको क्रममा मृत्यु भएको थियो।

उपचारका लागि आएलगत्तै उनको स्वाब संकलन गरी चितवन मेडिकल कलेजमा परीक्षणका लागि पठाइएको थियो। 

स्वाब परीक्षण गर्दा उनमा पोजेटिभ देखिएको छ। 

कोरोना संक्रमित भएर चितवन जिल्लाका तीनसहित अहिलेसम्म पाँच जनाको मृत्यु भएको छ। बाँकी दुई जनामध्ये एक जना कैलाली र अर्को मकवानपुरका हुन्।
 

प्रकाशित मिति: : 2020-08-22 08:49:54

प्रतिकृया दिनुहोस्