राजधानी काठमाडौंमा खतराको घण्टी : जुन टोलमा परीक्षण गर्‍यो त्यहीँ कोरोना ?

जधानी काठमाडौं उपत्यका लगायत देशका कतिपय शहरमा कोरोनाभाइरस कोभिड– १९ समुदायमै फैलिएको जनस्वास्थ्य विज्ञहरूले बताएका छन् ।

सरकारले भने अहिलेसम्म कोरोनाको सामुदायिक संक्रमण रहेको कुरा स्वीकार गरेको छैन । 

उपत्यकामा शुक्रवार १ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ, जसमध्ये काठमाडौंमा १ सय ४२, ललितपुरमा २५ र भक्तपुरमा १५ छन् ।

बिहीवार काठमाडौंमा १ सय ७४, ललितपुरमा १८ र भक्तपुरमा ८ जना गरी उपत्यकामा २ सय जना संक्रमित थपिएका थिए । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका १७ जनामा पनि कोरोना भाइरसको संक्रमण देखियो, तीमध्ये अधिकांश कार्यालयमै रहेर काम गर्नेहरू छन् ।

उपत्यकाको कोटेश्वरमा हिजो पहिलोपटक कुनै ट्राभल हिस्ट्री नभएका व्यक्तिमा कोरोनाभाइरसको संक्रमण देखियो । यस्तै काठमाडौंको घट्टेकुलो, मैतीदेवी क्षेत्रमा पनि कुनै पनि ट्राभल हिस्ट्री नभएका मानिसहरूमा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोत बताउँछ । 

‘उपत्यकामा कम्युनिटी ट्रान्सफर भइसकेको देखिन्छ, कसैसँग कन्ट्याक (सम्पर्क) मा नआएका र कुनै ट्राभल हिस्ट्री नभएका मानिसहरूमा समेत कोरोना संक्रमण देखिएको छ,’ मन्त्रालय स्रोतले लोकान्तरसँग भन्यो ।

मन्त्रालयका प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमले उपत्यकामा कोरोनाको अवस्था सामान्य नरहेको भन्दै सचेत रहन आग्रह गर्दै आएका छन् ।

यसको अर्थ उपत्यकामा कोरोनाभाइरस कम्युनिटी ट्रान्समिसनमा गइसकेको हो भनेर बुझ्नुपर्ने मन्त्रालय स्रोतले बतायो ।

प्रकाशित मिति: : 2020-08-21 22:36:42

प्रतिकृया दिनुहोस्